Monday, November 9, 2015

अहन्कार (कथा)

                                                                                           

मैनवत्ति र अगरवत्ति दुई दिदि वहिनी थिए!
दुवै एकै मन्दिरमा वस्ने गर्थे,दिदि मैनवत्तिले वहिनी अगरवत्तिलाई आफ्नो गुणगान गाउँदै मेरो प्रकाशले धेरै ज्योति छर्छ अनि म मोटो र वलियो पनि छु त्यसैले म आफुलाई ज्ञानवान सम्झिन्छु!!यहि भनेर दिनदिनै दिदिले वहिनीलाई तल झार्ने काम गर्थि!!
अगरवत्ति सधैं यो कुराले मुस्कुराई रहन्थि!
त्यही समयमा सधैझै पुजारी आयो ,मैनवत्ति र अगरवत्तिलाई वाल्यो अनि केही कारणले मन्दिर देखी वाहिर निस्कियो|
त्यसपछी अकस्मात हावा तेजले वहन थाल्यो अनि तेज हावाले मैनवत्ति निभ्यो !
यो देखेर अगरवत्तिले विनम्रताको साथ भनि:- दिदि हावाको केही तेजले तपाईलाई निभाईदियो,तर यो हावाको रफ्तारले मेरो सुगन्ध झन् चारैतिर फैलाईदियो!!
यो सुनेर मैनवत्ति लजास्पद भई!
आशा यस्तो होस् जुन गन्तव्य सम्म पुगोस्
अनि सम्वन्ध यस्तो रहोस् एक आर्कामा समर्पित र सहयोगि भावाना वगोस्!!
तिन पलको जिन्दगी २ पल रुनु छ एकपल हॉस्नु छ!!
किन एक आर्कामा ईर्षा र क्लेश अनि अपमानको भावना राखिरहन्छौं
मानिसको जिवनमा घमण्ड,रिस,राग भन्दा ठुलो शत्रु कुनै हुँदैन!!
मनब भयर जन्मिसकेपछी सबैको मर्म बुझ्न सक्नु पर्छ ।
एक मनब को कर्तव्य  क हो जान्न जरुरी छ । जसरी हामी यो सन्सार मा
आयको हुन्छौ तेसरी नै  गइन्छ मतलब हामी आउदा खेरि खाली हात आयका हुन्छौ

जादा नि खाली हात गइन्छ।।।

पुर्निमा को रात (मनसुन)

                                                           
पूर्णिमाको रातमा बोलाएँ उनिलाई
स्वोप्निल नयनमा सजाएँ उनिलाई ।।

हल्का हल्का चुम्बन भयो दुवैमा
अनि अंगालोमा दबाएँ उनिलाई।।

सासैले बोल्न बिन्ति गरिन उनले
काउकुती छरेर लजाएँ उनिलाई।।

वस्त्र खुले नाइँ नास्ती भएन कहिँ
आफ्नै छातीमाथि चढाएँ उनिलाई।।।

घमासानको लडाई पलमै सकियो
        मन्द मुस्कान छरी पठाय उनिलाइ।।







                                                                  

  1.    
  1.          

Sunday, November 8, 2015

छुट्टियको त्यो क्षन (टितो अनुभव)

छुट्टियको त्यो क्षन काहा भुल्न सक्छु सानू म जुन दिन तिमिलाइ छाडी म बिरानो ठाउ मा हिनेको थिय।
सपना को कल्पनालाइ पूरा गर्नको निम्ति । हाम्रो माया को सानो ठाउँ खोज्नको निम्ति ।
आज पनि आउँछ झल्झल त्यो दिन आँखा चिम्म गर्नासाथ जुन दिन तिमी र म छुट्नु परेको थियो।

नझर्ने आँसु झरे आज हेर (गजल)



 
नझर्ने आँशु झारें आज हेर  
अनायासै शोकमा परें आज हेर !


हिंजो सम्म संगै रुन्थ्यौ संगै हास्थ्यौ
तिम्रो निम्ति अतित बनें आज हेर 
नझर्ने आँशु झारें आज हेर !

छेपारोले झैँ तिम्ले रङ्ग फेर्दा 
सबै त्यागी मसानघाट सरें आज हेर 
नझर्ने आँशु झारें आज हेर !

हेर्ने सबै दंग हुन्थ्ये हाम्रो प्रेम देखि
सिसासरि टुक्री दिंदा मरें आज हेर 
नझर्ने आँशु झारें आज हेर !

पाउनु गुमाउनु दुवै प्रेम सम्झी 
तिम्रै निम्ति चितामाथि जलें आज हेर 
नझर्ने आँशु झारें आज हेर !

नझर्ने आँशु झारें आज हेर 
अनायासै शोकमा परें आज हेर 
नझर्ने आँशु झारें आज हेर !!!

        कृष्ण खड्का 
उदयपुर सुन्दर -2 सिबाइ 
हाल - मलेशिया को  samsung electronic display company मा  कार्यरत

बेसाहारा मेरो जीवन (गजल)



तिम्रो गित गाउँदा गाउदै जीवन मेरो नरक भयो
साथ तिम्रो नपाएर यो प्रेमि बेसाहारा भयो ll

खोजी हिंड्ने गर्छु तर पाउदिन कोहि पनि
यो औसिंको रात जस्तो न चन्द्र न त तारा भयोll

गह भरी आँशु हुन्छ अतितको सम्झनामा
उनको प्यास मेटाउनी मेरो आँशु धारा भयोll

छकाएर आज भोली उनी आँफै तर्के पछी
एक्लो मेरो जीवन किन आँफै लाई भार भयोll

उनकै लागि जीवन यो साँचेको थिएँ तर
उनले बाटो मोडे पछी आफैलाई बोर भयो ll

तिम्रो गित गाउँदा गाउदै जीवन मेरो नरक भयो
साथ तिम्रो नपाएर यो प्रेमि बेसाहार भयो lll

सम्झिरहन्छु तिमिलाइ किन भयौ टाढा आज 
बिर्सनै सक्दिन म तिमी सगै बितयका ती साझ।।।

           कृष्ण खड्का 
उदयपुर सुन्दर -2 सिबाइ 
हाल - मलेशिया 

मेरि आमा

          मेरि आमा 


आमा मेरी गाँउमा सम्झिएर रुंदी होलिन्

तस्बिर लिई हातमा मेरो बाबु भंदी होलिन् ll





सपनीमा कहिले काँही मलाई देख्दा खेरि

बिपत्तिमा पर्यो भनि मेरै चिन्ता लिंदी होलिन् 

आमा मेरी गाँउमा सम्झिएर रुंदी होलिन् ll



मेरा साथी भाई मेरै घरको छेउ हिडीदिदाँ

झुक्किएर मलाई भनि उनलाई चुम्दी होलिन् 

आमा मेरी गाँउमा सम्झिएर रुंदी होलिन् ll



हर दिन रात म आउने आशै आशमा 

नयनहरु बिच्छाएर मेरै बाटो हेर्दि होलिन् 

आमा मेरी गाँउमा सम्झिएर रुंदी होलिन् ll



आउँछ आउँछ छिटै आउँछ भन्दै मेरी आमा 

म आउने दिनहरु गन्दै औंला भाच्दै होलिन् 

आमा मेरी गाँउमा सम्झिएर रुंदी होलिन् ll



कठै !मेरी आमा एक्लै एक्लै रुंदी होलिन् 

तस्बिर लिई हातमा मेरो बाबु भन्दै होलिन्

आमा मेरी गाँउमा सम्झिएर रुंदी होलिन् ll
कृष्ण खड्का 
उदयपुर सुन्दरपुरपुर
हाल मलेशिया