नझर्ने आँशु झारें आज हेर
अनायासै शोकमा परें आज हेर !
हिंजो सम्म संगै रुन्थ्यौ संगै हास्थ्यौ
तिम्रो निम्ति अतित बनें आज हेर
नझर्ने आँशु झारें आज हेर !
छेपारोले झैँ तिम्ले रङ्ग फेर्दा
सबै त्यागी मसानघाट सरें आज हेर
नझर्ने आँशु झारें आज हेर !
हेर्ने सबै दंग हुन्थ्ये हाम्रो प्रेम देखि
सिसासरि टुक्री दिंदा मरें आज हेर
नझर्ने आँशु झारें आज हेर !
पाउनु गुमाउनु दुवै प्रेम सम्झी
तिम्रै निम्ति चितामाथि जलें आज हेर
नझर्ने आँशु झारें आज हेर !
नझर्ने आँशु झारें आज हेर
अनायासै शोकमा परें आज हेर
नझर्ने आँशु झारें आज हेर !!!
कृष्ण खड्का
उदयपुर सुन्दर -2 सिबाइ
हाल - मलेशिया को samsung electronic display company मा कार्यरत

No comments:
Post a Comment